पोखराको बजेटमा बबण्डरः बजेट च्यातियो, सभा अवरुद्ध
काठमाडाैं | असार १०, २०७९
पोखराः पोखरा महानगरपालिको ११ औं सभामा बजेट प्रस्तुत भइरहँदा नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि सभा अवरुद्ध भएको छ ।
एमालेले बजेट प्रस्तुत भइरहेकाबेला रातो किताबमा कार्यक्रम उल्लेख भइसकेको चाल पाएपछि बजेट पुस्तिका च्यातेका छन् । आज महानगरले साढे ८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
एमाले वडा १७ कि अध्यक्ष राधिका शाही योगीले बजेट प्रस्तुतअगावै रातो किताब प्रकाशन गरेको भन्दै बजेट पुस्तिका च्यातेपछि सभा अशान्त बनेको हो । हाल सभा केही समयकालागि स्थगित भएको छ ।
यतिबेला एमाले प्रतिनिधिहरु सभास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

